प्रधानसेनापति थापा आज अमेरिका प्रस्थान
काठमाडौँ । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा आज अमेरिका प्रस्थान गरेका छन् । प्रधानसेनापति थापा साउन १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटीस आर्मी फोर्सले असार २५ गतेका लागि आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त राष्ट्रसंघको सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो Chiefs of Defence Conference मा सहभागीगिता जनाउन थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रकाशित मितिः २०७६ असार २३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००