मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

भक्तपुर न्यूज

२३ असार २०७६ ९:४५

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ । मोटरसाइकलको ठक्करबाट मोरङको बुढीगंगा गाउँपालिका–४ मा एकजना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर घर भई बुढीगंगा–४ मा डेरा गरेर बस्ने ३४ वर्षीय लोकबहादुर खड्गी रहेका छन् ।

सोमबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २८प२९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा खड्गीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि दुर्घटना भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मोटरसाइकल र चालक सुनसरी सोनापुरका २६ वर्षीय विष्णु चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मितिः २०७६ असार २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *