सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा थप एकजना पक्राउ

भक्तपुर न्यूज

२३ असार २०७६ ९:०४

सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा थप एकजना पक्राउ

काठमाडौँ । सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले काभ्रेबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीयको सूचनाका आधारमा बनेपाको चार दोबोटोबाट पक्राउ परेका उनको प्रहरीले परिचय खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ । काभ्रेमा एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

यसअघि काठमाडौँमा तथाकथित सिरिन्ज आक्रमणको आतंक फैलिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवाले आफूले रमाइलोका लागि फलामको काँटीले घोच्ने गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रकाशित मितिः २०७६ असार २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *