विभिन्न ठाउँबाट लागुऔषधसहित तीन युवा पक्राउ

भक्तपुर न्यूज

२३ असार २०७६ ५:३५

विभिन्न ठाउँबाट लागुऔषधसहित तीन युवा पक्राउ

काठमाडौं । सिरहाको छुट्टाछुटै ठाउँबाट अबैध लागुऔषधसहित तीन युवा पक्राउ परेका छन ।

प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैको साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–१० का २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको छ ।

बरियारपट्टीबाट बा२ख नंको यात्रुवाहक बसमा यात्रा गरिरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः२०७६ असार २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *