कैदीको शव झुण्डिएको अवस्थामा फेला

भक्तपुर न्यूज

२३ असार २०७६ ५:०१

कैदीको शव झुण्डिएको अवस्थामा फेला

खोटाङ । खोटाङ जिल्ला कारागार खोटाङको शौचालयमा एक कैदीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

कर्तव्य ज्यान मुद्धामा जेल सजाय काटिरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षे सुदीप राई प्रयोगमा नरहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

आइतबार बेलुका कैदीहरुको समूहमा नदेखिएपछि खोजी गर्दा झुण्डिएको अवस्थामा शव भेटिएको हो । श्रीमतीको हत्या अभियोगमा दोषी ठहर भएका राई २० वर्षका लागि कारागार चलान भएका थिए ।

प्रकाशित मितिः २०७६ असार २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *