पारसकी छोरी पूर्णिकाको मन छुने कविता

भक्तपुर न्यूज

२२ असार २०७६ १०:१६

पारसकी छोरी पूर्णिकाको मन छुने कविता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सवको पूर्वसन्ध्यामा उनकी नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा भाुवक स्टाटस सार्वजनिक गरेकी छन्। उनले राष्ट्रको माया झल्काउने खालको कविता स्टाटस लेखेकी हुन्। सँगै उनले आफ्ना पिता पारस शाह र हजुरबा ज्ञानेन्द्रसँगको फोटो पनि सार्वजनिक गरेकी छन्।

कविता :

चुपचापको अर्थ जस्ले जसो लाएँ पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।
झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।
जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।
शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।
झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।
जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।

प्रकाशित मितिः२०७६ असार २२ आईतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *