जीप दुर्घटनामा चालकको मृत्यु

भक्तपुर न्यूज

२१ असार २०७६ ५:२३

जीप दुर्घटनामा चालकको मृत्यु

प्यूठान । प्युठानको सरुमारानी गाउँपालिका–४ सालडाँडामा टाटासुमो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका–१ दाखाक्वाडीका ३३ वर्षीय चन्द्रबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान रोल्पाको सुलीचौरमा यात्रु छाडेर भालुवाङतर्फ जाँदै गर्दा पाण्डेश्वरी यातायात प्रा।लि।को रा १ ज ६५८ नम्बरको जीप दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा चालक मात्र रहेका थिए । सुमो सामुदायिक वनको भवन नजिकै पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा खसेको थियो । घटनाको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार २१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *