ट्रकको ठक्करबाट सडक कामदारको घटनास्थलमै मृत्यु

भक्तपुर न्यूज

२० असार २०७६ ९:३३

ट्रकको ठक्करबाट सडक कामदारको घटनास्थलमै मृत्यु

 

काठमाडौँ । लिखु तामाकोशी गाँउपालिका–४ नागी भञ्ज्याङमा आज बिहान ट्रकको ठक्करबाट सडक कामदारको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा दाङको तुल्सिपुर घर भएका ५५ बर्षीय अमृत सुनुवार रहेको प्रहरीले जनाएको छ ।

मन्थलीबाट सिरिसेतर्फ जाँदै गरेको बा ५ ख ४५९१ नम्बरको ट्रकको ठक्करबाट घुम्ती सडकमा काम गर्दै गरेको अवस्थामा उनलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय धाविडाँडाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०७६ असार २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *