सुदूरपश्चिममा २ दिनसम्म भारी बर्षासहित बाढी आउनेः सतर्क रहन आग्रह

भक्तपुर न्यूज

२० असार २०७६ ९:१६

सुदूरपश्चिममा २ दिनसम्म भारी बर्षासहित बाढी आउनेः सतर्क रहन आग्रह

काठमाडौँ । आज र भोलि पश्चिमी क्षेत्रमा भारी वर्षाका साथै बाढी आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज र भोलि उक्त क्षेत्रमा बाढी आउने भएपछि सो क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले आज सूचना जारी गर्दै उक्त प्रदेशका तराई तथा पहाड दुवै क्षेत्रका नदीनालाहरू आज र भोलि उल्लेख्य रूपमा बढ्न सक्ने उल्लेख गरेको छ । कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी लगायत जिल्लाहरूका स–साना खोलाहरूमा पनि आकस्मिक रूपमा बहाव बढ्न सक्ने उल्लेख गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।त्यस्तै आइतबार भने देशको मध्य क्षेत्रमा सतर्कता अपनाउन जरुरी रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *