खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने पक्राउ

भक्तपुर न्यूज

२० असार २०७६ ८:४३

खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गर्ने पक्राउ

काठमाडौँ । सप्तरीमा खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा छोरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।आफ्नै आमा ६० वर्षीया धनमायाँ पुलामी मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सुरुङ्गा नगरपालिका–१ चहका बस्ने ३० वर्षीय छोरा रिट्ठे भन्ने जंग बहादुर पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै आमालाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७६ असार २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *