न्वारानको भोज खाँदा गोरखामा ४० जना बिरामी

भक्तपुर न्यूज

१८ असार २०७६ ९:२९

न्वारानको भोज खाँदा गोरखामा ४० जना बिरामी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–६ वतासेका करिब ४० जना स्थानीय वासिन्दा एकै पटक बिरामी परेका छन् । उनीहरुमा टाउँको दुख्ने, ज्वरो आउने, वान्ता हुने तथा पखाला लाग्ने जस्ता समस्या देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

‘मंगलबार साँझदेखि एक्कासी यस्तो समस्या देखिएछ, हाम्रो स्वयंसेविका मार्फत वुधबार बिहान खबर आयो, अहिले हामी घरघरै गएर उपचार गरिरहेका छौं’ उनले भने ।

केही बिरामीको स्वास्थ्यसंस्थामै उपचार गरिएको उनले बताए । फुड पोइजनका कारण बिरामी भएको हुनसक्ने उनको अनुमान छ । ‘सोमबार स्थानीय फुलमाया श्रेष्ठको घरमा छोराको न्वारानको भोज रहेछ, त्यही भोज खाएपछि बिरामी परेका रहेछन्,’ श्रेष्ठले भने ।

भोजमा कुखुराको मासु खाएका जति बिरामी परेकाले मासुकै कारण फुड पोइजन भएको अनुमान गरिएको छ । ‘मासु नखानेलाई केही भएको छैन, खाने मात्र बिरामी परेका छन्,’ उनले भने । घैरुङ स्वास्थ्य चौकी र गाउँपालिकाको स्वास्थ्य शाखा टिमले विरामीको उपचार गरिरहेको छ । बिरामीको अवस्था सामान्य रहेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मितिः २०७६ असार १८ बुधवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *