म्याग्दीमा पौडी खेल्दा बेपत्ता

भक्तपुर न्यूज

१८ असार २०७६ ७:५४

म्याग्दीमा पौडी खेल्दा बेपत्ता

म्याग्दी । म्याग्दी नदीमा पोडी खेल्न गएका दुईबालक बेपत्ता भएका छन् ।

मङ्गलबार बेलुका करिब ४ बजेर ३० मिनेटमा म्याग्दी नदीमा पौडी खेल्दा बेनी नगरपालिका–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनीनगरपालिका–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १८ बुधवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *