दाइजो माग्न आएका ज्वाईँलाई रुखमा बाँधेर कुटपिट

भक्तपुर न्यूज

१८ असार २०७६ ७:३३

दाइजो माग्न आएका ज्वाईँलाई रुखमा बाँधेर कुटपिट

काठमाडौं । भारतको बिहारस्थ्ति मुजफ्फरपुर गाउँमा एक ज्वाईँले दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् ।

सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ ।

यसबारेमा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँले बानी नसुधारेकोले कुटपिट गरेको ससूराले बताएका छन् । प्रहरीले दुवै पक्षसँग बयान लिएर घटनाको कारबाही अघि बढाइएको जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १८ बुधवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *