भक्तपुर राधेराधेस्थित होटलबाट २५ वर्षीय दिपेशसहित ३ जना पक्राउ

भक्तपुर न्यूज

१७ असार २०७६ ८:५६

भक्तपुर राधेराधेस्थित होटलबाट २५ वर्षीय दिपेशसहित ३ जना पक्राउ

 काठमाडौं । भक्तपुर मध्यपुरठिमी नगरपालिका—९ राधेराधेस्थित थकाली भान्साघरबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे घर भइ सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश थापासमेत ३ जना रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले डाईजेल्याप १ सय ४० एम्पुल, फेनारगन १ सय ४० एम्पुल र नुर्फिन १ सय ४० एम्पुलसहित उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मितिः २०७६ असार १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *