चितवनबाट २२० केजी गाँजा बरामद

भक्तपुर न्यूज

१७ असार २०७६ ६:४४

चितवनबाट  २२० केजी गाँजा बरामद

मुग्लिन । चितवनबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले सोमबार राति ३ बजे पूर्वी चितवनको राप्ती नगरपलिका–४ स्थित भवानीपुरमा ना ४ ख २२९५ नंको टिपरमा लोड भएको अवस्थामा चालकसहित २२० केजी गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बरामद गाँजा, टिपर र चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । २०७६ वैैशाखदेखि अहिलेसम्म विभिन्न समयमा ४०० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको हो ।

आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमानामा पर्ने विकट बस्तीमा लुकीछिपी गाँजाखेती तथा तस्करी बढी हुन्छन् । विकट बस्तीका कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको प्रहरीले बताएको हो । प्रहरीले गाँजा फडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।

प्रकाशित मितिः २०७६ असार १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *