सिनामंगलमा सवारी दुर्घटना
काठमाडौँ । काठमाडौँको सिनामंगलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जना गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।
घाइतेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३