मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

१७ असार २०७६ ५:११

मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल चालकको मृत्यु

धनुषा । धनुषाको हंसपुर नगरपालिका–३ मा सोमबार राति मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय सरजुक दास रहेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बेलहीका अनुसार धनुषाको पौडेश्वरबाट बेलहीतर्फ आउँदै गरेको ज ८ प ४५८१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई अन्दाजी ७ फिटको खाल्डोमा खस्दा दासको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मितिः २०७६ असार १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *