पत्रकार दुलालमाथि आक्रमण

भक्तपुर न्यूज

१७ असार २०७६ ५:०१

पत्रकार  दुलालमाथि आक्रमण

भक्तपुर । भक्तपुरका पत्रकार सञ्जिव दुलालमाथि आक्रमण भएको छ ।

राजधानी दैनिकको भक्तपुर संवाददाता र संवाहक डट कम अनलाइन सञ्चालक दुलालमाथि आक्रमण भएको हो । उनको मुखमा चोट लागेको छ । उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ ।

भक्तपुर सुर्यविनायकमा रहेको रेड चिल्ली रेष्टुरेन्टमा दिउँसो साढे दुई बजेतिर काभ्रेका वुद्धराज लामाले दुलालमाथि आक्रमण गरेका हुन् ।

आफूलाई के कति कारणले यसरी आक्रमण गरियो भन्ने बारेमा थाहा नभएको दुलालले बताएका छन् । “विनाकारण उनले ममाथि आक्रमण गरे, किन कुटे थाहा छैन, तैं हैनस् पत्रकार भन्दै कुटे, म पछिपछि सर्दै हातले छेकेँ । घाइते दुलालले भने ,
दुलाललाई कुटेपछि लामा भागेका थिए । दुलालले किन कुटेको भनी प्रतिकार गर्न खोज्दा तँलाई छाड्दिनँ भन्दै ७र८ पटक मुक्का हानेका थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य रहेका दुलालमाथि भएको आक्रमणप्रति घोर भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ भक्तपुरले प्रेस विज्ञप्ती निकालेर दोषीलाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग गरेको छ ।

प्रकाशित मितिः २०७६ असार १७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *