सप्तरीमा मिनी ट्रकले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

१६ असार २०७६ ८:४७

सप्तरीमा मिनी ट्रकले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । सप्तरीको खडक नगरपालिका-५ खरचुहियास्थित पूर्व-पश्चिम राजमार्गमा सोमबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका- ४ का २० वर्षीय सुरज चौधरी रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ६३१९ को मोटर साइकललाई विपरीत दिशाबाट जाँँदै गरेको ना४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते  भएका थिए । उनको  उपचारका क्रममा सिरहास्थित सप्तऋषी अस्पताल लहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

प्रकाशित मितिः २०७६ असार १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *