राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

१६ असार २०७६ ६:३०

राधेराधेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुर राधेराधे चोकमा आइतबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुका २८ वर्षीय प्रेमकुमार राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतबार राति पौने ११ वजे बा ५ ख ५३४३ नम्बरको टिपरले प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका राईको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

दुर्घटनापछि टिपर चालक फरार रहेको र उनको खोजी भैरहेको पोखरेलले बताए ।

प्रकाशित मितिः २०७६ असार १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *