प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ !

भक्तपुर न्यूज

१५ असार २०७६ ७:३६

प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ !

काठमाडौँ । आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् ।

बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् ।

भद्रपुर रोडका स्थानीय सन्तोष अग्रवालको घर अगाडि स्थानीयले सडक मर्मतमा प्रशासनको उदाशीनतालाई व्यंग्य गर्दै धान रोपिएको जनाइएको छ ।

धान रोपेपछि सडकमै उनीहरुले दही चिउरा पनि खाएका छन् । तर, बिर्तामोड नगरपालिकाले भने मुक्ति चोकदेखि सैनिक मोडसम्म ४ लेन र बाँकी दुई लेनको बाटो बनाउने गरी ठेक्का प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *