पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

भक्तपुर न्यूज

१५ असार २०७६ ६:२४

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौँ । पोखरामा तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको शनिबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक बालक केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका थिए ।

प्रकाशित मितिः २०७६ असार १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *