मालपोत कार्यालयमा आगलागी हुदाँ १० लाख बराबरको क्षति
काठमाडौँ । कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ ।
सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जलेर नष्ट भएका छन् ।
बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरी अनुमान छ ।
प्रकाशित मितिः २०७६ असार १५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३