बाँकेमा मोटरसाइकल दुर्घटना

भक्तपुर न्यूज

१५ असार २०७६ ५:१२

बाँकेमा मोटरसाइकल दुर्घटना

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ एकता नगरमा शनिबार राति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गणेशपुरबाट कारकाँदोतर्फ जाँदै गरेको लु ४६ प १६० नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोक्किँएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार कारकाँदोका २१ वर्षीय दिनेश लामिछाने रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय प्रवेश सिम्खडा गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः २०७६ असार १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *