झापामा मृत अवस्थामा हात्ती भेटियो
झापा । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा एक हात्ती मृत अवस्थामा भेटिएको छ । अढाई वर्षको हात्ती आज बिहान सो ठाउँमा मृत अवस्थामा भेटिएको हो ।
सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
प्रकाशित मितिः २०७६ असार १४ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३