मापसे गरेर कार चलाउँदा बिहानै जमलमा दुर्घटना
काठमाडौंं । काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार दुर्घटनामा परेको छ । केशरमाबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटना भएको हो ।
बिहान करिब सवा ७ बजे बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।
कुमारीपाटीस्थित मच्छिन्द्र आयाल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए ।
मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको उनले बताए । चालकसहित कारमा ३ जना सवार थिए । चालाक श्रेष्ठ गम्भीर घाइते भए पनि अन्य २ जना सामान्य रहेको प्रहरीले जनाएको छ । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो ।
प्रकाशित मितिः २०७६ असार १४ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३