बुहारी बलात्कारको आरोपमा सैनिक कर्मचारी पक्राउ

भक्तपुर न्यूज

१३ असार २०७६ ८:००

बुहारी बलात्कारको आरोपमा सैनिक कर्मचारी पक्राउ

 काठमाडौं । भाइ बुहारी बलात्कार आरोपमा प्रहरीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ । सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो ।

राति छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

मदिराको नसामा रहेका कृष्णले आफूमाथि कुटपिट समेत गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।

तर, पक्राउ परेका कृष्णले बलात्कार गरेको अस्वीकार गरेका छन् । प्रहरीका अनुसार उनले साली नाता पर्ने महिलालाई जिस्क्याए पनि जबरजस्ती करणी नगरेको बयान दिएका छन् ।

आरोपी विष्ट नेपाली सेनाको कुमार दलगुल्म सुपारीटार हेटौंडामा कार्यरत रहेको प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *