मौसम सामान्यदेखि आंशिक बदली

भक्तपुर न्यूज

१३ असार २०७६ ३:५६

मौसम सामान्यदेखि आंशिक बदली

काठमाडौँ । देशभरको मौसम शुक्रबार सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले बदली भएको मौसमविदले बताएका छन् ।

पूर्व र मध्य क्षेत्रमा सामान्य तथा पश्चिममा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जानकारी दिएका छन् । पूर्व र मध्यका केही स्थानमा र पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने देखिएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *