जीप दुर्घटना एकको मृत्यु, २ घाइते
काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटनाहुँदा एकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । जिल्लाको सन्धिखर्क १० पोखेडाँडामा जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका हुन् ।
नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडाको ओरालोमा बिहीबार बिहान दुर्घटनामा परेको हो । घाईते दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३