सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग v

भक्तपुर न्यूज

१२ असार २०७६ ३:४३

सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग v

धादिङ । पृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ ।  राजमार्ग माथिबाट आएको लेदो सडकमा जमेपछि राजमार्ग बिहान ४ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो सडकमा जमेपछि राजमार्गमा यातायात साधन रोकिएका छन् ।

राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गमा जम्मा भएको हो । अहिलेपनि हल्का पानी परिरहेकाले अवरुद्ध सडक खुलाउन केही समय लाग्ने खड्काले बताए । रात्रिसेवाका गाडीहरु रोकिएकाले राजमार्गमा सवारी साधनको लाम देखिन्छ ।

प्रकाशित मितिः २०७६ असार १२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *