३ लाखको गुट्खासहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले वीरगञ्जबाट सुर्तीजन्य पदार्थ तथा गुट्खासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका ८ माइस्थान बस्ने गौतम कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गौतम कुमारले घरकोठामा अवैध रुपमा भण्डारण गरी राखेको अन्दाजी ३ लाख मुल्य बराबरको सुर्तीजन्य पदार्थ तथा गुट्खाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनलाई गुट्खा सहित आवश्यक कारवाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ । सीमावर्ती रक्सौलबाट अवैध रुपमा गुट्खा तथा सुर्तीजन्य पदार्थ ल्याएर वीरगञ्जमा खुलेआम बिक्री वितरण गर्ने गरिएको छ ।
प्रकाशित मितिः २०७६ असार ११ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३