विप्लवका कार्यकर्ताद्वारा नरहरिनाथ गाउँपालिका कार्यालयमा आगजनी

भक्तपुर न्यूज

११ असार २०७६ ६:०६

विप्लवका कार्यकर्ताद्वारा नरहरिनाथ गाउँपालिका कार्यालयमा आगजनी

कालिकोट ।  विप्लव समूहका कार्यकताले नरहरिनाथ गाउँपालिकाको कार्यालय र दुई वटा वडा कार्यालयमा आगजनी गरेका छन् ।

बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै विप्लव समूहका कार्यकताले नरहरिनाथ गाउँपालिकाको कार्यालय र दुई वटा वडा कार्यालयमा आगजनी गरेका हुन् । बुधबार बिहान करिब एक बजे आएका विप्लव समूहका कार्यकताले गाउँपालिका कार्यालयका कागजातहरु जलाएका छन् ।

यसैगरी नरहरिनाथ गाउँपालिकाको वडा नं। ५ र ६ कार्यालयमा समेत आगलागी गरेका छन् । उनीहरुले नरहरीनाथ गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट गाउँपालिकाको कार्यालय र कागजातमा क्षति पुगेको छ। इलाका प्रहरी चौकी कुमालगाँउका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। आगलागी गर्नेको खोजी भइरहेको र नरहरिनाथ गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *