कमलविनायकमा मोटरसाइकल पानीपुरीको गाडासँग ठोक्किँदा महिला गम्भीर घाइते
भक्तपुर । भक्तपुरको कमलविनायकमा मंगलबार राति मोटरसाइकल अनियन्त्रति भएर सडक छेउमा रहेको पानीपुरीको गाडामा ठोक्किँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
गम्भीर घाइते हुनेमा पानी पुरी व्यवसायी सर्लाहीको बरहथवा घर भई हाल भक्तपुरकै कमलविनायक बस्दै आएकी ३५ वर्षीया मन्चोरदेवी दास बाँनिया रहेको प्रहरीले जनाएको छ ।
भत्केको पाटीबाट कमलविनायकतर्फ जाँदै गरेको प्रदेश ३, ०२–००३ प १८१५ नम्बरको मोटरसाइकल पानीपुरीको गाडामा ठोक्किँदा बाँनिया घाइते भएकी हुन् ।
प्रहरीका अनुसार उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ असार ११ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३