ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु
अछाम । अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
चौरपाटी गाउँपालिका २ का दशपल्ले माध्यमिक विद्यालयबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको सो विद्यालयका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए ।
बालुवा लिन सेती नदीतर्फ गइरहेको से १ त ७८३९ नम्बरको ट्रयाक्टर सडकमा रहेको ढुंगामा ठोक्किँएर पल्टिँदा उनीहरुको मृत्यु भएको हो । ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
प्रकाशित मितिः २०७६ असार ११ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३