कार दुर्घटनामा जेठाजु-बुहारीको मृत्यु, बाबु-छोरी घाइते

भक्तपुर न्यूज

१० असार २०७६ ९:११

कार दुर्घटनामा जेठाजु-बुहारीको मृत्यु, बाबु-छोरी घाइते

 काठमाडौं । सुनकोशी गाउँपालिका २, कमेरेफाँटमा बा.१३च ३७९३ नम्बरको कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा काठमाडौं ३१ नयाँ बानेश्वरकी ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्युत लामिछाने रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुवै जेठाजु-बुहारी हुन् । घाइते हुनेमा कार चालक ५८ वर्षीय दीपक लामिछाने र उनकी २६ वर्षीया छोरी आस्था छिन् । मृत्यु हुने हेमा कारचालक दीपककी पत्नी हुन् भने अच्युत दाइ हुन् ।

बीपी राजमार्गअन्तर्गत खोटाङको हलेसीबाट काठमाडौंतर्फ जाँदै कार सोमबार राति अनियन्त्रित भई सडकबाट २ सय मिटर तल सुनकोसी नदी किनारमा खसेको हो ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *