मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

१० असार २०७६ ४:३३

मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । नवलपरासीको बर्दघाट सुस्ता पुर्वको गैडाकोट–२ मा सोमबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय तिलचन्द्र अधिकारी रहेकोप्रहरीले जनाएको छ । ना ७ ख ७७१ नम्बरको ट्रकले ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुर्घटना लगतै फरार ट्रक चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *