बनेपास्थित रातो पुल नजिक बम विस्फोट
बनेपा । आज बिहानै बनेपास्थित रातो पुल नजिक बम विस्फोट भएको बताइएको छ । बिहान करिब ३ बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन ।
उता पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कुकर बम भेटिएको छ । उक्त स्थानमा राखिएको बम नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
