गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । मंगलबार बिहान करिब ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट भएको गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरीले जानकारी दिइन् ।
राती १ बजे नगरपालिकाका सुरक्षा गार्डले एक जनालाई झोला नगरपालिका कार्यालयमा फालेर जंगलतिर भागेको देखेपछि डिस्पोजका लागि सेनाको टिम बोलाइएको थियो ।
तर नेपाली सेनाको बम डिस्पोजल टोली पुग्नुभन्दा अगाडि नै बम बिस्फोट भएको उप प्रमुख चौधरीले बताइन् । बम बिस्फोट भएपनि सामान्य भित्ता मात्र चर्किएको छ ।
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
