बर्दियामा बस पल्टिँदा १७ घाइते
बर्दिया । काठमाडौंबाट बझाङ जाँदै गरेको बस बर्दिया बारबर्दिया नगरपालिका-७ रम्भापुरमा पल्टिँदा १७ जना घाइते भएका छन् ।
ना ४ ख १३३९ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तरगत रम्भापुरमा आइतबार बिहान पल्टिएको प्रहरीले जनाएको छ।
सडक देखि करिब ५ मिटरपरपुगेको बसमा सवार ५ जना गम्भीर घाइते छन्। उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।
अन्य १२ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उक्त घटना सदरमुकाम गुलरिया देखि २२ किमी उत्तरमा पर्दछ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
