सुर्यविनायकमा स्कुटरको ठक्करबाट घाइते भएकी एक वृद्धाको १२ दिनपछि मृत्यु
भक्तपुर । सुर्यविनायक नगरपालिका–६ गणेशमन्दिरमा स्कुटरको ठक्करबाट घाइते भएकी एक वृद्धाको १२ दिनपछि मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर गोदाबारी घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–६ सुर्यविनायक बस्ने ६९ वर्षीया शान्ता के.सी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जेठ २८ गते गणेशमन्दिरमा सुर्यविनायकतर्फ आउँदै गरेको बा ९५ ख १७५५ नम्बरको स्कुटरले पैदल यात्री के।सी।लाई ठक्कर दिँदा घाईते भई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचार भई जेठ ३० गते डिस्चार्ज भएकोमा पुनः असार २ गते थप उपचारको लागि छाउनी स्थित सैनिक अस्पताल लगिएकोमा उपचारकै क्रममा शनिबार मृत्यु भएको परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिए । शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
स्कुटर र स्कुटर चालक धादिङको महादेवबेशी गाउँपालिका–१ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने २६ वर्षीया सिरी लामालाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार