ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु
सिराहा । सिराहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ मा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व गइरहेको ना ४ ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेका उडाउँलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असार ७ शनिवार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
