जीपको ठक्करबाट साईकल यात्रीको मृत्यु

भक्तपुर न्यूज

६ असार २०७६ ४:१०

जीपको ठक्करबाट साईकल यात्रीको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गिया स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान जीपको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ बुद्धनगरका ५७ वर्षीय चन्द्रबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ५ बजे बुद्धनगरबाट मुर्गियातर्फ आउँदै गरेको साइकललाई लु १ च ६९३६ नम्बरको जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो ।

जीप र चालकलाई ईलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *