भक्तपुरमा ब्राउन सुगर सहित दुई युवा पक्राउ

भक्तपुर न्यूज

६ असार २०७६ ३:१२

भक्तपुरमा ब्राउन सुगर सहित दुई युवा पक्राउ

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ब्राउन सुगर सहित दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय पुरण परियार र रुपन्देही घर भई हाल भक्तपुर दुवाकोट बस्ने २३ वर्षीय राधेश्याम बेलदार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने ५।५ ग्राम लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिए ।

पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *