गोकर्णेश्वरमा बस दुर्घटना
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा पल्टिएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छैन । अरु १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ । घटनास्थलमा रहेका स्थानीय बासिन्दा सन्तोष कार्कीका अनुसार ज्यान गुमाउने व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रकाशित मितिः २०७६ असार ५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
