जनकपुरका तीन होटल, ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जलेर नष्ट

भक्तपुर न्यूज

५ असार २०७६ ६:४७

जनकपुरका तीन होटल, ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जलेर नष्ट

काठमाडौँ । धुनषाको जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा तीनवटा होटलमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको थियो । कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा ग्यास सिलिण्डर पडकेर आगलागी हुदाँ सँगै रहेकोसियाराम मिष्टान्न भण्डारमा पनि क्षति भएको छ ।

तीन वटा दमकलको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको थियो । मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै नै भएको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः २०७६ असार ५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *