करेन्ट लागेर बालकको मृत्यु

भक्तपुर न्यूज

४ असार २०७६ ५:३८

करेन्ट लागेर बालकको मृत्यु

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा पाँच वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामनगर गाउँपालिका–१ डमारका रामसाह रामको पाँच वर्षीय छोरा रवि राम रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको हो ।

प्रकाशित मितिः २०७६ असार ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *