कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था अझै अज्ञात

भक्तपुर न्यूज

४ असार २०७६ ४:०८

कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था अझै अज्ञात

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीप कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था अझै अज्ञात रहेको छ। मंगलबारदेखि नै प्रहरी, सेना र गाउँलेको सहयोगमा खोजी भैरहे पनि अझै अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। जीप कर्णाली नदीमा खसेको र आवश्यक प्रविधि पर्याप्त मात्रामा नभएकाले खोजीका लागि कठिन भएको प्रहरीको भनाइ छ।

खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उनको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन्।

प्रकाशित मितिः २०७६ असार ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *