बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

४ असार २०७६ ४:०३

बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा मंगलबार राति ३ जना सवार मोटरसाइकल बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–७ दिपनगरका २० वर्षीय ऋषी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

लु ४६ प ६१२३ नम्बरको मोटरसाइकल ना ४ ख ५२५० नम्बरको बसको पछाडि ठोक्किँदा उनको घटनास्थल मै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रहेका दुई जना घाइते भएका छन् । उनीहरुको बुटवल स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः २०७६ असार ४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *