आज माइतीघर मण्डलामा खबरदारी सभा हुँदै : गुठी विधेयक
काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमले आज खबरदारी सभा गर्दैछ । खबरदारी सभा माइतीघर मण्डलामा बिहान ११ बजे हुने जनाइएको छ ।
कार्यक्रमका संयोजक डा महेशमान श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार माइतीघर मण्डलमा हुने भनिएको जनप्रदर्शन खबरदारी सभाकारूपमा रहने जनाएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विधेयकमा त्रुटी रहेको सरकारले अझै प्रष्ट स्वीकार नगरेको भन्दै खबरदारी आवश्यक रहेको उनले बताएका छन् । चौतर्फी दबावपछि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।
प्रकाशित मितिः २०७६ असार ४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३