भक्तपुरको नलिनचोकमा टिप्परले ठक्कर दिँदा स्कुटर चालको घटना स्थलमै मृत्यु

भक्तपुर न्यूज

३ असार २०७६ ९:००

भक्तपुरको नलिनचोकमा टिप्परले ठक्कर दिँदा स्कुटर चालको घटना स्थलमै मृत्यु

भक्तपुर । भक्तपुरको नलिनचोकमा टिप्परले ठक्कर दिँदा स्कुटर चालको घटना स्थलमै मृत्यु भएको छ । बा ४ ख ५६७१ नं टिप्परले ठक्कर दिँदा प्रदेश ३ – ०२ – ००३ प १२६६ नं को स्कुटरलाई ठक्कर दिँदा जिल्ला काभ्रे पाँचखाल नगरपालिका ९ घर भई हाल सिपाडोल बस्ने बर्ष ३७ का पदम बहादुर श्रेष्ठ को घटना स्थलमै मृत्यु भएको हो ।

उनलाई मध्यपुर अस्पतालमा लगिए लगतै मृत घोषणा गरिएको थिए । एकै दिशा जगातीबाट साँगा तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा उनको मृत्यु भएको हो । टिप्पर र चालक जिल्ला रामेछाप सुनापती ३ भलखर्कका २९ बर्षि लोक बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असार ३ मंगलबार।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *